
१० श्रावण २०७८, काठमाडौं– नेपालमा गत २४ घण्टामा २ हजार २ सय ३७ जना कोरोना संक्रमित थपिएका छन् ।
देशभर १३ हजार ८ सय ३४ जनामा गरिएको पीसीआर र एन्टीजेन परीक्षणमा २ हजार २ सय ३७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा २०५० जना निको भएका छन् । नेपालमा निको भएको दर ९४.८ प्रतिशत रहेको छ । यस्तै पछिल्लाे २४ घण्टामा १८ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार नेपालमा हालसम्म नेपालमा ९ हजार ७ सय १३ जनाको मृत्यु भएको छ ।
नेपालमा कोभिडविरुद्धको पहिलो मात्रा खोप लगाउनेको संख्या ३३ लाख ८३ हजार ३८ जना रहेको छ भने पूर्णमात्रा लगाउनेको संख्या १३ लाख ९८ हजार १ सय ७८ जना रहेको छ ।
