
१५ श्रावण २०७८,काठमाडौं– नेपालमा पछिल्ला केही दिन यता काेराेना भाइरस संक्रमण हुनेकाे संख्या बढ्दै जान थालेकाे छ । गत २४ घण्टामा ३ हजार ६ सय ११ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
१४ हजार ६ सय ६१ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा ३ हजार ६ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा १८१६ जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लाे २४ घण्टामा २७ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएकाे छ ।
