नेपालमा आज २५६८ संक्रमित,२०२० निकाेः१८ जनाकाे मृत्यु

१७ श्रावण २०७८, काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ५ सय ६८ जनामा संक्रमण कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ४ सय २ पीसीआर परीक्षणमा आइतबार थप १ हजार ९ सय ८१ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै एन्टिजेन विधिद्वारा गरिएको ४ हजार २ सय ३४ परीक्षणबाट ५ सय ८७ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १२ हजार ६३६ परीक्षणमा २ हजार ५ सय ६८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ६ लाख ९७ हजार ३ सय ७० पुगेको छ । पछिल्लो २४ घण्टामा थप २ हजार २० जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ५६ हजार १९७ छ ।

नेपालमा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या ९ हजार ८७५ पुगेको छ । यस्तै यता प्रदेश नम्बर एकमा ४१२ जना पीसीअार, ३१३ जना एण्टीजेन सहित ७२५ जना संक्रमित थपिएका छन् । ३ सय ९ जना डिस्चार्ज भएका छन् भने देशमा सवैभन्दा धेरै प्रदेश एकमा १७ जनाकाे मृत्यु भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post खाेप लुकाएकाे विषयमा तालाबन्दीः दाेषाीलाई तत्काल कार्वाही गर्न विभिन्न संगठनकाे माग
Next post सडक नबन्दा बर्षौं देखि सास्तीःदमक रविचिसापानी सडक निर्माणमा ढिलाइ (भिडियाे रिर्पाेट सहित)