खुशीकाे खबर नेपालमा आजै ४ हजार ५ सयले जिते कोरोना

काेराेनाबाट निकाे हुने संख्या दिनहुँ बढ्दै

२१ कार्तिक २०७७, काठमाडौं– गत २४ घण्टामा नेपालमा ४ हजार ५० सय जनाले काेराेनालाइ जितेका छन् । यसैगरी कोरोना भाइरसबाट २ हजार ९ सय ९ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १० हजार १ सय ५३ जनाको पीसीआर परीक्षण गर्दा ११३३ महिला र १७७६ पुरुष गरी २ हजार ९ सय ९ जना संक्रमित भएका हुन् । दिनहुँ निकाे हुनेकाे संख्या बढ्न थाले पछि नेपालमा कोरोनाबाट निको हुने दर ८० प्रतिशत पुगेको छ । जम्मा निको हुनेको संख्या १ लाख ५२ हजार ९ सय ८ रहेको छ ।

गत २४ घण्टामा १८ जनाको मृत्यु भएको छ । कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या १ हजार ७० जना पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा संक्रमित भन्दा निकाे हुने बढ्दै हालसम्म ढेड लाख हाराहारीले जिते काेराेना
Next post माक्स चाहिँदैन, ढाँट्न पाइँदैन भन्दै लण्डनमा लकडाउन विरूद्ध प्रदर्शन