माक्स चाहिँदैन, ढाँट्न पाइँदैन भन्दै लण्डनमा लकडाउन विरूद्ध प्रदर्शन
एक सय ४ जना पक्राउ
लन्डन- बेलायतको राजधानी लन्डनमा सरकारले जारी गरेको लकडाउनका विरुद्धमा प्रदर्शनमा उत्रिएका छन्र । लकडाउन गर्ने हाेइन, अव माक्स चाहिँदैन, जनतालाइ ढाँट्न पाइँदैन जस्ता नारा लेखेका प्ले कार्ड बाेकेर हजाराैंकाे संख्यामा निस्किएका भीडलाइ प्रहरीले नियन्त्रण गरेकाे छ । साे क्रममा १०४ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रतिबन्धात्मक व्यवस्थाको उल्लंघन गरेकाले उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी अधिकारीहरुले जनाएका न्यूज एजेन्सीले जानकारी दिएका छन् ।
कोरोनाभाइरसको महामारी फैलिँदै गएपछि सरकारले दोस्रो पटक देशव्यापी लकडाउनको घोषणा गरेकाले त्यस विरुद्ध बिहीबार हजारौँले प्रदर्शन गरेका छन् । प्रदर्शनमा उत्रिएकाहरुलाई तत्काल भिडभाडबाट भाग्न र घरघर जान प्रहरी अधिकारीहरुले निर्देशन दिएका थिए । निर्देशन दिँदा पनि अवज्ञा गरेपछि उनीहरुलाई पक्राउ गरिएको हो । हालसम्म वेलायतमा १० लाख ९९ हजार ६३ जना संक्रमित भएका छन् । ४७ हजार ७ सय ४२ जनाकाे मृत्यु भएकाे विश्व स्वास्थ्य संगठनले जनाएकाे छ । यस्तै वेलायतमा पछिल्लाे २४ घण्टामा २५ हजार १ सय ७७ जना नयाँ संक्रमित थपिएका छन् ।