नेपालमा आज ३१२६ संक्रमित, १९२५ जना निकाेः २३ जनकाे मृत्यु

१८ श्रावण २०७८,काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार १ सय २५ संक्रमित थपिएका छन् । १० हजार ६ सय १३ पीसीआर परीक्षण गर्दा २ हजार २ सय ७९ जनामा संक्रमण देखिएको हो ।

यस्तै, ३ हजार १२५ वटा एन्टिजेन परीक्षणमा ८ सय ४६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थपिएका नयाँ संक्रमितसँगै नेपालमा कूल संक्रमितको संख्या ६ लाख ९९ हजार ६ सय ४९ पुगेको छ ।

२४ घण्टामा १ हजार ९२५ जना निको भएका छन् । योसँगै निको हुनेहरुको संख्या ६ लाख ५८ हजार १ सय २२ पुगेको छ । २४ घण्टामा २३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ६ सय २९ रहेको छ । यस्तै प्रदेश नम्बर एकमा पीसीअार ४११ र एन्टीजेन ३६२ जना संक्रमित थपिएका छन् । यस्तै ८सय ३४ जना निकाे भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post सडक नबन्दा बर्षौं देखि सास्तीःदमक रविचिसापानी सडक निर्माणमा ढिलाइ (भिडियाे रिर्पाेट सहित)
Next post जोखिम क्षेत्रको विवरण संकलनः विपतमा पर्ने परिवारलाई ४५ सय नगद दिइने