जोखिम क्षेत्रको विवरण संकलनः विपतमा पर्ने परिवारलाई ४५ सय नगद दिइने

१८ श्रावण २०७८/डिकेश लामा
झापाको कन्काई नदिमा बाढीको उच्च जोखिम क्षेत्रमा रहेका परिवारको विवरण संकलन कार्य थालिएको छ । स्थानीय तहको समन्वयमा विश्व खाद्य कार्याक्रमको सहयोगमा बाढीको उच्च जोखिम क्षेत्रमा उदार र राहतका लागि छिटो होस भन्ने उदेश्यले विवरण संकलन थालिएको हो ।
कन्काई नदिबाट बर्षेनी झापा, कन्काई, शिवसताक्षी र गौरीगंज क्षेत्रका दर्जनबढी गाउँ डुवानमा पर्ने गर्छ । जोखिममा रहेका परिवारलाई अग्रीम सूचना र राहत प्रदानमा सहज होस् भन्ने ध्येयले स्थानीय तहसँगको समन्वयमा विवरण संकलनको गर्ने कार्य भएको जोखिम क्षेत्र झापा गाउँपालिका वडा २ का अध्यक्ष नेत्रबहादुर खड्काले बताउनु भयो । खड्काका अनुसार जिल्लामा सवैभन्दा धेरै झापा गाउँपालिका नै जोखिममा रहेको बताउनु भयो । झापा गाउँपालिकाको वडा नं. १ र २ का धेरै बस्ती जोखिममा रहेका छन् । कन्काइमा केही ठूलो बाढी आउने वितिक्कै सयौं घर परिवार विस्थापित हुने अवस्था बर्षेनी हुँदै आएको छ ।

विवरण संकलन गरे पछि जोखिममा रहेका परिवारलाई कतिखेर भाग्ने भन्ने जानकारी समेत मोवायल तथा साइरन बजाएर जानकारी दिइन्छ । अन्य कतै जाने ठाऊँ नभए पछि बर्षौं देखि बाढीको जोखिमबीच बस्नु स्थानीय बासिन्दाले बताएका छन् । कन्काई नदिमा बाढी आउन थाले पछि उदारको लागि सँधै तयारी गर्नु पर्छ । उनीहरुको उदारमा कसरी खट्ने भनी सुरक्षाकर्मीलाई समेत तयार गरीन्छ । खोलामा बाढी आए पछि बस्तीबाट सँधैजसो विस्थापित हुनु पर्ने अवस्था हटाउँन कन्काइ नदि क्षेत्रमा स्थायीरुपमा दरिलो बाँध निर्माण गर्नु पर्ने स्थानीयले माग गर्दै आएका छन् ।


पानीको सतह बढ्नसाथ कन्काई नदिको उच्च जोखिममा रहेका परिवारलाई सतर्कता गरिन्छ । नदिमा ४ दशमलव ३ मिटर पानी आउँदा घर डुव्ने अवस्थाका १ हजार ६ सय ६५ परिवारलाई ४ हजार ५ सयका दरले राहत रकम उपलव्ध गराउने गरी विवरण संकलन गरिएको रेडक्रस सोसाइटी झापा शाखाले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ३१२६ संक्रमित, १९२५ जना निकाेः २३ जनकाे मृत्यु
Next post १ करोड ५० लाख डोज खोप खरिद प्रकृया थालियाे