फेरी आउने भए कुलमान घिसिङ प्राधिकरणमा

Photo from google

१९ श्रावण २०७८, काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न निर्देशन दिनु भएकाे छ । प्राधिकरणको कार्यकारी निर्देशक पदमा घिसिङलाई नियुक्त गर्न प्रधानमन्त्री देउवाले ऊर्जा,जलस्रोत तथा सिचाइँमन्त्री पम्फा भुसाललाई निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएकाे छ ।

हाल प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य छन् । मंगलबार ऊर्जामन्त्री भुसालले प्रधानमन्त्री देउवालाई भेटेर शाक्यको कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै प्रधानमन्त्री देउवालाई ब्रिफिङ गर्नु भएकाे छ। त्यसपछि देउवाले शाक्यलाई राजीनामा गर्न लगाएर घिसिङलाई नियुक्त गर्न निर्देशन दिनु भएकाे हाे । यस अघि जनताकाे निक्कै ठूलाे दवाब र अान्दाेलनकाबीच पनि पूर्व प्रधानमन्त्री खड्गप्रसाद अाेलीले घिसिङलाइ हटाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post १ करोड ५० लाख डोज खोप खरिद प्रकृया थालियाे
Next post नेपालमा संक्रमण थप बढ्दैः संक्रमित संख्या ७ लाख नाघ्याे