नेपालमा संक्रमण थप बढ्दैः संक्रमित संख्या ७ लाख नाघ्याे

१९  श्रावण २०७८, काठमाडौँ – नेपलामा पछिल्लाे समय काेराेना संक्रमण दर थप बढ्न थालेकाे छ । मंगलबारसम्म संक्रमितकाे संख्या ७ लाख नाघेकाे छ । पछिल्लो २४ घण्टामा पीसीआर परीक्षणमा २ हजार ४ र ४८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख २ हजार ९७ पुगेको हाे । पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ९४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ६० हजार १ सय १६ छ । नेपालमा कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या ९ हजार ९ सय २२ पुगेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post फेरी आउने भए कुलमान घिसिङ प्राधिकरणमा
Next post उपहार स्वरुप स्वास्थ्य सामाग्रीः दमकमा क्षमता भन्दा धेरै कोभिड विरामी अस्पतालमा भर्ना