३२ श्रावण २०७८,डिकेश लामा

कोरोना कहरले लामो समय विधालय बन्द हुने क्रम बढेसँगै दक्षिण सीमावर्ती क्षेत्रका धेरै बालबालिका विधालय जानै छाडेका छन् । इन्टरनेटको पहुँच पुग्न नसकेका क्षेत्रका विपन्न परिवारका कतिपय बालबालिकाहरु अघिल्लो बर्ष देखि नै विधालय जान छाडेका हुन् ।
कोरोना कहरका कारण यस बर्ष ग्रामिण क्षेत्रका धेरै विधालयमा विधार्थीको भर्ना संख्या नै घटेको छ । जिल्लका दक्षिणी क्षेत्रका धेरै बालबालिका इन्टरनेटको पहुँचमा पुग्ने अवस्था नभएकाले पढाई नै रोकिने अवस्था आएको बाह्रदशी गाउँपालिका वडा नं. १ का अध्यक्ष शम्भुसिंह राजबंशीले बताउनु भयो । राजबंशीका अनुसार दक्षिणी भूभागका धेरै विपन्न बालबालिका कोरोना यता दुई बर्ष देखि विधालय जान सकेका छैनन् ।


असार देखि नयाँ कक्षा शुरु भए पनि साउन महिना सकिँदा समेत ग्रामिण क्षेत्र अधिकांश सामुदायिक विधालयहरुमा अनलाइन कक्षा भएका छैनन् । इन्टरनेटको पहुँच नपुग्ने क्षेत्रमा अनलाइन अध्यापनमा समस्या भइरहेको दमक नगरपालिका शिक्षा शाखाका प्रमुख दिनेशकुमार न्यौपानेले बताउनु भयो । तर जिल्लाका केही शहर केन्द्रित सामुदायिक र अधिकाशं संस्थागत विधालयले भने धमाधम अनलाई पढाई संचालन गरिहेका छन् । पढाई भए पनि साना कक्षाका विधार्थीले भने खासै बुझ्न नसकेको अभिभावकले बताएका छन् । कोरोना कहरले गर्दा लामो समय विधालय बन्द भए पछि अनलाईन कक्षा बाहेक अन्य विकल्प प्रयोगमा आएका छैनन् । तर इन्टरनेटको पहँुचमा आउन नसक्ने धेरै बालबालिका भने शिक्षाबाट बन्चित हुने अवस्था सृजना भएको ग्रामिण क्षेत्रका अभिभावकको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *