नेपालमा आज ३२७४ संक्रमित, १९२९ निकाेः २७ जनाकाे मृत्यु
१ भदाै २०७८, काठमाडौं– नेपालमा गत २४ घण्टामा कोभिड १९ बाट ३ हजार २ सय ७४ जना संक्रमित भएका छन् । ११ हजार ५ सय ६५ पीसीआर परीक्षण गर्दा २ हजार ४ सय ५६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, ६ हजार १ सय २४ वटा एन्टिजेन नमुना परीक्षण गर्दा ८ सय १८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म ७ लाख ३७ हजार २ सय ९४ जनामा कोरोना संक्रमण देखिएको छ । २४ घण्टामा १ हजार ९ सय २९ जना संक्रमणमुक्त भएका छन् भने २७ जनाको मृत्यु भएको छ । हालसम्म कुल संख्यामा ६ लाख ८७ हजार ६९ जना संक्रमणमुक्त र १० हजार ३५४ जनाको कोरोनाबाट मृत्यु भएको छ । मंगलबारसम्म देशभर ३९ हजार ८ सय ७१ जना आइसोलेसन र ४१५ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
More Stories
रास्वपा सभापति रवि लामिछाने पक्राउ
२ कार्तिक २०८१, काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृह मन्त्री रवि लामिछाने पक्राउ पर्नु भएको छ । सहकारी...
दक्षिणी झापाका व्यवसायी भन्छन्ः कर तिर्ने ठाउँ देऊ, सरकारले सुनेन
१ कार्तिक २०८१/डिकेश लामा कोरोना कहर देखि बन्द भएका झापाका झण्डै एक दर्जन हाराहारीका छोटी भन्सारहरु संचालनमा नआउँदा सेवाग्राहीले राजश्व...
चाडबाड नआएकै राम्रोः दशैंले दुःखाउँछ भूटानी शरणार्थीलाई
२९ असोज २०८१/डिकेश लामा ३३ बर्ष अघि देश छाडे देखि पूर्वी नेपालको शरणार्थी शिविरमा बस्ने धेरै बृद्धबृद्धाले दशैंमा टिका लगाएका...
सडकमा १६ करोड बढीको क्षतिः यातायात सुचारु
२५ असोज २०८१/झापा असोज महिनामा आएको अविरल बर्षा र बाढीका कारण झापा तथा इलाममा सडक र पुलमा गरी १६ करोड...
विपद् संकटग्रस्त क्षेत्र घोषणा भएका ७१ स्थानीय तह विवरण सार्वजनिक (सूची सहित)
२४ असाेज २०८१, काठमाडौं–सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा भएका ७१ स्थानीय तहको विवरण राजपत्रमा प्रकाशित गरेको छ । सरकारले विपद्...
दाेलखाकाे चरङ्गेमा बस पल्टिँदा १ जनाकाे मृत्युः ७ जना घाइते
२४ असाेज २०८१, दोलखा – काठमाडौँबाट रामेछापको गुप्तेश्वर जाँदै गरेको यात्रुवाहक बस दोलखाको भीमेश्वर नगरपालिका -८ चरङ्गेमा दुर्घटना भएकाे छ...