१ भदाै २०७८, काठमाडौं– नेपालमा गत २४ घण्टामा कोभिड १९ बाट ३ हजार २ सय ७४ जना संक्रमित भएका छन् । ११ हजार ५ सय ६५ पीसीआर परीक्षण गर्दा २ हजार ४ सय ५६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, ६ हजार १ सय २४ वटा एन्टिजेन नमुना परीक्षण गर्दा ८ सय १८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म ७ लाख ३७ हजार २ सय ९४ जनामा कोरोना संक्रमण देखिएको छ । २४ घण्टामा १ हजार ९ सय २९ जना संक्रमणमुक्त भएका छन् भने २७ जनाको मृत्यु भएको छ । हालसम्म कुल संख्यामा ६ लाख ८७ हजार ६९ जना संक्रमणमुक्त र १० हजार ३५४ जनाको कोरोनाबाट मृत्यु भएको छ । मंगलबारसम्म देशभर ३९ हजार ८ सय ७१ जना आइसोलेसन र ४१५ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
