नेपालमा आज ३०४२ संक्रमित, २२४४ निकाेः २६ जनाकाे मृत्यु

४ भदाै २०७८, काठमाडौं- पछिल्लाे २४ घण्टामा ३ हजार ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नयाँ बिरामी थपिएसँगै देशभर सङ्क्रमितको सङ्ख्या सात लाख ४४ हजार ३ सय ७ पुगेको छ ।

थप १० हजार ५३० जनाको पीसीआर परीक्षण तथा सात हजार १२४ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । पीसीआर विधिबाट २ हजार ७९ तथा एन्टिजेनबाट ९ सय ६३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हालसम्म ६ लाख ९३ हजार ५ सय ४३ जना कोरोनाबाट मुक्त भइ घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर २ हजार २ सय ४४ सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ९३ दशमलव एक प्रतिशत रहेको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४० हजार ३ सय ९ रहेको छ ।  हाल देशभर ७१४ सङ्क्रमितको सघनउपचार कक्षमा तथा १७१ सङ्क्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ । यस्तै पछिल्लाे २४ घण्टामा कोरोना संक्रमणबाट थप २६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या १० हजार ४५५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post सीमामा मदिराले जोखिम बढ्दै, रक्सिका लागि भारतीयहरु नेपाली होटलमा भेटिन्छन् (भिडियो कथा सहित)
Next post महाभारतकालीन अन्धराजा दरबारकाे महत्व र प्रचार बढ्दै (भिडियाे कथा सहित)