महाभारतकालीन अन्धराजा दरबारकाे महत्व र प्रचार बढ्दै (भिडियाे कथा सहित)

अन्धराजा दरबार हर्नेको संख्या बढ्दै

५ भदौ २०७८/डिकेश लामा

महाभारतीकालिन इतिहास बोकेको चुरे क्षेत्रमा पर्ने ऐतिहासिक अन्धराजा गुफे दरबार हेर्न जानेको संख्या पछिल्लो समय बढ्न थालेको छ । पदमार्ग, बस्ने चौतारा, मन्दिर तथा हावा घर निर्माण पछि कोरोना कहरका बावजुद पनि मानिसहरु दरबार यात्रामा निस्कने गरेका छन् । महाभारतकालीन धृतराष्ट्रको बसोबास थियो भन्ने किवदन्ती रहेको अन्धराजा गुफे दरबार पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको दमक देखि १५ किलो मिटर उत्तर चुरे पहाड अन्धराजा चुलीमा पर्दछ । पछिल्लो समय कोरोना कहरका बावजुद पनि अन्धराजा गुफे दरबार हेर्न आउने आन्तरिक पर्यटकहरु बढेको स्थानीयले बताएका छन् ।

ऐतिहासिक महत्व बोकेको यस क्षेत्रमा पुस्तौं देखि किराती समूदायले पूजापाठ गर्दै आएका छन् । झापाको दमक देखि नजिकै रहेको यस क्षेत्रको विकासमा अझै सरकारले ध्यान दिन सके यो आकार्षक पर्यटकीय क्षेत्र बन्ने संचारकर्मी चिरन्जीवि घिमिरेले बताउनु भयो । दमक वडा नं. ३ को फेदीबाट शुरु हने अन्धराजा गुफाको शिखरमा पुग्न झण्डै साढे ३ किलो मिटर दुरी रहेको छ । प्रवेशद्वारबाट हालसम्म झण्डै साढे २ हजार मिटर रेलिङ्ग सहित सिंढी निर्माण भइसकेको छ । सिंढी निर्माणसँगै पछिल्लो समय अन्धराजा दरबार आन्तरिक पर्यटकहरुको गन्तव्य बन्न थालेको छ ।

प्रदेश सरकारले अन्धराजाको विकासमा ९० लाख रुपयाँ खर्च गरीसकेको छ । झापाको दमक र इलामको चुलाचुली क्षेत्रको चुरे पहाडमा पर्ने महाभारतकालीन गुफे दरबार जाने पदमार्ग लगायत अन्य पूर्वाधार निर्माण हुन थाले पछि आन्तरिक पर्यटकको आगमन समेत बढेको स्थानीयको भनाइ छ ।

भिडियाे कथा हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ३०४२ संक्रमित, २२४४ निकाेः २६ जनाकाे मृत्यु
Next post नेपालमा आज २०७५ संक्रमित, २३८२ निकाेः ३० जनाकाे मृत्यु