
६ भदाै २०७८, काठमाडौँ – पछिल्लो २४ घण्टामा १ हजार ९ सय २० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १२ हजार ५ सय १६ परीक्षणमा १ हजार ९ सय २० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख ४७ हजार ४ सय ३३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ४८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ९८ हजार १ सय ७३ छ ।
नेपालमा कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ५ सय ९ पुगेको छ ।
