शरणाार्थी शिविरमा संक्रमण थप बढ्दैः परिक्षण गर्नै मान्दैनन् बिरामी
खाेप लगाउने पनि पाएनन् खाेप कार्ड
युवराज साङ्पाङ राई
८ भदाै २०७८,बेलडाँगी– नेपालमा तेस्राे लहरकाे काेराेना संक्रमण हुन सक्ने खतरा भइरहेकाे वेला भूटानी शरणार्थी शिविर वेलडाँगीमा संक्रमण थप बढ्दै गएकाे छ । काेराेनसँग मिल्दाे जुल्दाे लक्षण भए पनि धेरैजसाे परिक्षण नगरी घरमै बस्ने गर्नाले थप संक्रमण बढ्दै गएकाे हुन सक्ने अाशंका गरिएकाे छ । भूटानी शरणार्थी शिविर बेलडाँगीका हेल्थ फोकल पर्सन मनोज राईका अनुसार शिविर बासीहरुमा ९५ जानालाई कोरोना भएका थियो भने ५ जानाले ज्यान नै गुमाएका छन् । राई भन्नु हुन्छ, ‘हामीमा आएको केही बिरामीहरु मात्र हो ६० प्रतिशत हाराहारीले त घरमा नै बसी उपचार गर्दै निकाे पनि भएको छ र अझै पनि केही परिवारले घरमै बसेर उपचार गरीरहेका छन् ।’ परिक्षण गर्न हामीले अनुराेध गर्दा पनि विरामीले नमानेकाे उहाँले बताउनु भयाे ।
तर यता माेरङकाे पथरी शिविरमा भने काेराेनाकाे प्रभाव त्यति धेरै देखिएकाे छैन । भूटानी शरणार्थी शिविर पथरीका शिविर सचीव चम्पासिंह राईका अनुसार हालसम्म ९ जान मात्र बिरामी भएक छन् भने अाजसम्म कसैले पनि काेराेनाका कारण मृत्युकाे मुखसम्म पुग्नु नपरेकाे उहाँले जानकारी दिनु भयाे । सचिव राईका अनुसार शिविर आसपास र शिविर भ्रमण आउनु भएका आगान्तुकहरुले पनि स्वास्थ्य मापदण्ड पूरा गरेर मात्र शिविर भित्र प्रवेश गराउने गरिएकाे छ । तर यता वेलडाँगीमा भने स्वास्थ्य मापदण्ड खासै पालन नगरेकाे स्थानीय अगुवाले बताएका छन् ।
पछिल्लाे समय भूटानी शरणाार्थी शिविरमा १८ वर्ष माथिका ८० प्रतिशत मानिसले जोन्सन भ्याक्सिन लगाएका छन् । तर खाेप लगाउनेहरुलाई दमक नगरपालिकाले कार्ड नदिएकाे प्रति धेरै शरणार्थीले गुनासाे पाेखेकाे स्थानीय अगुवा गुनासो गणेश गुरूङले बताउनु भयाे । हाल शरणार्थी शिविरमा दर्ता भएका, परिचय-पत्र बिहीन र दर्ता छुट लगायत गरी झण्डै ६ हजार हाराहारीमा रहेकाे शिविर व्यवस्थापन समिति वेलडाँगीले जानकारी दिएकाे छ ।