बाढीकै कारण बस्तीबाट विस्थापित हुँदै जाँदा बस्ती नै खाली हुने अवस्थामा (भिडियाे सहित)

५ सय भन्दा धेरै घर रहेकाे बस्ती सुनसान बन्दै

१४ भदौ २०७८/डिकेश लामा

झापाको गौरीगंज गाउँपालिका वडा नं. १ होकलबारी र चउरी बस्तीमा केही बर्ष अघिसम्म ५ सय भन्दा धेरै घरहरु थिए । तर अहिले ती बस्तीमा १ सय भन्दा थोरै घरहरुमा मात्र रहेका छन् । बर्षेनी बाढी पस्न थाले पछि बस्तीबाट मानिसहरु विस्थापित हुँदै गएको स्थानीयले बताएका छन् । गौरीगंज गाउँपालिका वडा नं. १ को होकलबारी बस्ती बाढीको सँधै उच्च जोखिममा रहेको छ । कन्काई नदिमा उचित तरिकाको बाँध निर्माण नहुँदा बस्तीमा बाढी पस्न थाले पछि मानिसहरु बसाई सर्नेक्रम बढेकाले बस्ती खाली हुँदै गएको गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले बताउनु भयो ।

बस्तीमा बर्षेनी बाढी पस्न थाले पछि अधिकाशं जग्गा धनीहरु शहर तिर बसाई सर्न थालेका छन् । बाढीकै त्रासले मानिसहरुले गाउँ छाड्दै जान थालेको स्थानीयले बताएका छन् । बस्ती जोगाउँन जिल्लामा नदि नियन्त्रणमा काम गर्दैै आएको जनताको तटबन्ध कार्यालयले यस अघि ६ सय मिटर बाँध निर्माण गरेको छ । तर त्यो बाँधले मात्र बस्ती सुरक्षित हुन नसक्ने र बस्ती बचाउँन अझै एक किलो मिटर क्षेत्रमा बाँध निर्माण गर्नु पर्ने अवस्था रहेको कार्यालयका प्रमुख रुपनारायण अधिकारीले बताउनु भयो । झापा जिल्लाको दक्षिणी भूभागमा बाढीका कारण धेरै बस्तीका बासिन्दाहरु विस्थापित हुँदै गएका छन् । जिल्लामा बजेट अभावकै कारण समयमा बाँध निर्माण गर्न नसक्दा हजारौं विगाह जमिन बगर बनेको छ भने दर्जनौं बस्ती जोखिममा रहेको बाढी प्रभावित क्षेत्रका बासिन्दाले बताएका छन् ।

भिडियाे हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज २२९५ संक्रमित, १८०८ निकाेः १६ जनाकाे मृत्यु
Next post नेपालमा आज १६६४ संक्रमित,१७८६ निकाेः २० जनाकाे मृत्यु