नेपालमा आज १६६४ संक्रमित,१७८६ निकाेः २० जनाकाे मृत्यु

१५ भदाै २०७८, काठमाडौँ – पछिल्लो २४ घण्टामा १ हजार ६ सय ६४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १  सय १७ पीसीआर परीक्षणमा  थप १ हजार ५ सय २३ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिद्वारा गरिएको ३ हजार १ सय ५ परीक्षणबाट १ सय ४१ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १२ हजार २ सय २२ परीक्षणमा १ हजार ६ सय ६४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ८६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ७ लाख १६ हजार ३ सय ६ पुगेकाे छ । नेपालमा कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या १० हजार ७ सय ५० पुगेको छ । नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३५ हजार ५ सय ९१ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post बाढीकै कारण बस्तीबाट विस्थापित हुँदै जाँदा बस्ती नै खाली हुने अवस्थामा (भिडियाे सहित)
Next post बाढी पहिराेका कारण १ सय जनाले गुमाए ज्यानः ४४ जना अझै वेपत्ता