च्याउको माग बढ्योः काेराेना कहरले उत्पादनमा भने ह्रास (भिडियाे सहित)

च्याउमा आत्मानिर्भर जिल्लामा कतिपय किसान विस्थापित हुने अवस्थामा 

१६ भदौ २०७८/डिकेश लामा

च्याउमा आत्मानिर्भर रहेको झापा जिल्लामा लामो समय पछि खुलेको बजारमा च्याऊको अभाव हुन थालेको छ । लामो समयको बजार बन्दले च्याउ फाल्नु पर्ने अवस्था आएकोले खेती घटाए पछि पछिल्लो समय माग अनुसारको च्याउ उत्पादन गर्न नसकेको किसानले बताएका छन् । लामो समयको बन्दले खेती रोकेका कारण उत्पादनमा कमी आए पछि पछिल्लो समय बजारमा च्याऊको अभाव हुन थालेको छ । झण्डै साढे ३ महिनाको लामो समयको बन्दले खेती रोकेका किसानलाई यतिखेर माग अनुसारको च्याउ उत्पादन गर्नै समस्या भएको यस अघि च्याउ विक्री नभएर दैनिक ठूलो परिमाणमा फाल्न बाध्य हुनु परेका किसान नलबहादुर खड्काले बताउनु भयो ।

जिल्लामा च्याउ व्लक संचालन गर्दैै आएका किसानले समेत बजार बन्दले धेरै च्याउ लगाउन सकेनन् । फलस्वरुप अहिले माग अनुसारको च्याउ उत्पादन गर्न समस्या भएको उनीहरुले बताएका छन् । बर्षमा ३ पटकसम्म खेती हुने च्याउ कतिपय किसानले एक पटक मात्र उत्पादन गरेका छन् । उत्पादन गरेर पनि बजार सुनिश्चित नहुँदा धेरै च्याउ खेर गएकोले च्याउ खेतीमा प्रभाव परेको खेतीमा अनुदान दिँदै आएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंहले बताउनु भयो । झापामा बार्षिक झण्डै ६ लाख केजी च्याऊ उत्पादन हुने कृषि ज्ञान केन्द्र झापाको तथ्याङ्क रहेको छ । च्याऊ खेतीमा अनुदान पाएका पकेट र व्लकका कार्याक्रमहरु संचालन हुँदै आए पनि लामो समयको बजार बन्दले अधिक किसानले खेती छाडेकाले च्याऊको माग बजारमा पुनः बढ्न थालेको उनीहरुले बताएका छन् ।

भिडियाे हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा संक्रमित भन्दा निकाे हुने बढ्दै, मृत्यु संख्या पनि कम हुँदै
Next post नेपालमा आज २००४ संक्रमित, १८४६ निकाेः १६ जनाकाे मृत्यु