नेपालमा संक्रमित भन्दा निकाे हुने बढ्दै, मृत्यु संख्या पनि कम हुँदै

१६ भदाै २०७८, काठमाडौँ – नेपालमा केही दिन यता संक्रमण भन्दा निकाे हुनेकाे संख्या बढ्न थालेकाे छ । पछिल्लो २४ घण्टामा २ हजार ५२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६ सय १२ पीसीआर परीक्षणमा बुधबार थप १ हजार ६ सय ४८ जनामा संक्रमण पुष्टि भएको हो भने  एन्टिजेन विधिद्वारा गरिएको ४ हजार ३ सय २३ परीक्षणबाट ४ सय ४ जनामा पोजिटिभ देखिएको छ ।  २४ घण्टामा पीसीआर र एन्टिजेन दुवै विधिबाट गरिएको परीक्षणमा २ हजार ५२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख ६३ हजार ३ सय ९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार ३० जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ७ लाख १९ हजार ३ सय ३६ छ । केही दिन यता संक्रमित भन्दा निकाे हुनेकाे संख्या धेरै हुँदै अाएकाे छ । संक्रमण केही कमी हुन थाले पछि अाज देखि काठमाण्डाैंमा ३ महिना देखि लगाउँदै अाएकाे निषेधाज्ञा हटाइएकाे छ ।

नेपालमा पछिल्लाे २४ घण्टामा कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या १० हजार ७ सय ७० पुगेको छ । नेपालमा २० जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post बाढी पहिराेका कारण १ सय जनाले गुमाए ज्यानः ४४ जना अझै वेपत्ता
Next post च्याउको माग बढ्योः काेराेना कहरले उत्पादनमा भने ह्रास (भिडियाे सहित)