स्थानीय सरकारका सवाल खाेज्न पत्रकारलाई प्रशिक्षण

१९ भदाै २०७८, झापा–  स्थानीय सरकारका सवालहरु खाेज्न र लेख्न झापाका पत्रकारलाई  प्रशिक्षण दिन दुई  दिने कार्याशाला शुरू गरिएकाे छ ।  आज देखि शुरू भएकाे प्रशिक्षण नेपाल पत्रकार महासंघ झापा शाखा र शेयरकास्ट इनिसिएटिभ नेपालको संयुक्त आयोजनामा भएकाे हाे ।

विहान ८ः३० बजे देखि शुरू भएकाे कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारीले स्थानीय सरकारका धेरै सवालहरु ओझेलमा परेको भन्दै खोजमूलक पत्रकारिताको माध्यमबाट त्यस्ता सवालहरुलाई आमनागरिक समक्ष उजागर गर्नु पर्ने बताउनु भयाे । उहाँले पत्रकारिताको नाममा गलत कार्य गर्न कसैलाई पनि छुट नहुने र गलत गर्नेहरुलाई दण्डित गर्नुपर्ने बताउनु भयाे । पत्रकार र पत्रकारिताका विषयमा सरकार र समाजमा उठ्ने प्रश्नहरु बारे सम्बद्ध सबैको सहभागितामा छलफल बहस हुनुपर्नेमा उहाँले जाेड दिनु भयाे । मुख्य प्रशिक्षक अग्रज पत्रकार हरिबहादुर थापाले स्थानीय सरकारका गतिविधीका बारेमा पत्रकारले गर्नु पर्ने भूमिकाबारे प्रष्याउनु भएकाे छ ।  कार्यक्रममा बिर्तामोड नगरपालिकाका मेयर शिवाकोटीले पत्रकारितामा नकारात्मक मात्र लेख्ने खाेजमुलक नभइ सतही पत्रकारिता मात्र भएकाे गुनासाे पाेख्नु भयाे ।  नकारात्मक मात्र लेखेर कसैलाई खुइल्याउने भन्दा पनि लेखन तथ्यपरक हुनुपर्ने र स्थानीय सरकारका सकारात्मक कार्यहरु पनि सञ्चारमाध्यममा उत्तिकै प्राथमिकतामा राख्नु पर्ने उहाँले बताउनु भयाे ।

यस्तै यता दमक नगरपालिकाका मेयर राेमनाथ ओलीले स्थानीय सरकारको ठूलो जिम्मेवारी रहेकाे र मिडियाले त्यस्ता विषयमा खाेज तथा अनुसन्धान गर्न नसकेकाे बताउनु भयाे । उहाँले नगरले त्यस्ता अनुसन्धामा बजेट विनियाेज भएकाे भए पनि पत्रकार र मिडिया गृहले त्यस तर्फ  ध्यान नदिएकाे बताउनु भयाे ।
पत्रकार महासंघ झापा शाखाका अध्यक्षा एकराज गिरीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा शेयरकास्टका अफिस मेनेजर भूमि चापागाईले संस्थाको गतिविधि र पत्रकार महासंघसँगको सहकार्यबारे जानकारी दिनु भयाे । बिर्तामोडको टायमलेस मुमेन्ट होटलमा भइरहेको तालिममा झापाका ३० जना क्रियाशील सञ्चारकर्मीको सहभागिता छ । महासंघ झापाका उपाध्यक्ष केशव भट्टराईले स्वागत गरेको तालिम उद्घाटन समारोहको सञ्चालन सचिव डिकेश लामाले गर्नु भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post प्रदेश नम्बर एकमा पहिलाे पटक मदन भण्डारी राजमार्गको पूर्वी खण्ड निर्माण शुरु
Next post नेपालमा निकाे हुने बढ्दै संक्रमित दर घट्न थाल्याे (हेर्नुहाेस् पछिल्लाे ताजा तालिका)