नेपालमा निकाे हुने बढ्दै संक्रमित दर घट्न थाल्याे (हेर्नुहाेस् पछिल्लाे ताजा तालिका)

Data’s table from Ministry of health & population, Nepal

२० भदाै २०७८, काठमाडौँ – पछिल्लो २४ घण्टामा १ हजार ८९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । याे संख्या केही दिन यता निक्कै कम हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १ सय ७० जनाकाे पीसीआर परीक्षणमा थप ९ हजार ७६ जनामा संक्रमण तथा २ हजार ८ सय १ जनामा गरिएकाे एन्टिजेन विधिकाे परिक्षणमा १ सय १३ जनामा पोजिटिभ देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख ६९ हजार २ सय २१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ३४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ७ लाख २७ हजार १ सय ८५ छ । याे संख्या ९४ दशमलव ५ प्रतिशत हाे । नेपालमा कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या १० हजार ८ सय ३८ पुगेको छ । नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३१ हजार २ सय ४८ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post स्थानीय सरकारका सवाल खाेज्न पत्रकारलाई प्रशिक्षण
Next post खाेज पत्रकारिताकाे प्रशिक्षण सम्पन्न