नेपाल आज १८९७ संक्रमित, १७४३ निकाेः २० जनाकाे मृत्यु (ताजा तालिका सहित)

२१ भदाै २०७८, काठमाडौं– नेपालमा गत २४ घण्टामा १ हजार ८ सय ९७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । १५ हजार ९ सय ७९ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा १ हजार ८ सय ९७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा १ हजार ७ सय ४३ जना निको भएका छन् । याेसँगै नेपालमा हालसम्म ७ लाख २८ हजार ९ सय २८ जना निकाे भएका छ्न् । याे ९४ दशमलव ६ प्रतिशत निकाे भएका छन् । यसैगरी पछिल्लाे २४ घण्टामा २० जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १० हजार ८ सय ५८ जना रहेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार ९ सय ७३ जना रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post खाेज पत्रकारिताकाे प्रशिक्षण सम्पन्न
Next post पाँचथरमा जस्तै संखुवासभामा एकै परिवारका ६ जनाकाे हत्या