नेपाल संक्रमण संख्या घट्दाेः आज ९९४ संक्रमित

२६ भदाै २०७८,काठमाडौं– नेपालमा कोरोना संक्रमण दर केही दिन यता घट्नेक्रम बढेकाे छ । गत २४ घण्टामा नेपालमा एक हजारभन्दा कममा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा देशभर ९ हजार ८ सय ४० जनामा गरिएको पीसीआर र एन्टीजेन परीक्षणमा ९ सय ९४ जनामा मात्रै संक्रमण पुष्टि भएको छ । २४ घण्टामा १ हजार ३ सय ६८ जना संक्रमणमुक्त भएका छन् । यस्तै १२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या २७ हजार ३ सय ५५ मा झरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post मानसिक रूपमा अस्वस्थ्य भतिजाे पर्नेले ६ जनाकाे सामुहिक हत्या गरेकाे खुलासा
Next post बाढीले दर्जन बढी बस्ती जोखिममाः केही परिवार विस्थापित (भिडियाे सहित)