बाढीले दर्जन बढी बस्ती जोखिममाः केही परिवार विस्थापित (भिडियाे सहित)

२६ भदौ २०७८/डिकेश लामा

झापाको कन्काइ र विरीङ्गमा आएको पछिल्लो बाढीले झापा तथा गौरीगंज गाउँपालिकाका दर्जनबढी बस्ती जोखिममा परेका छन् भने केही परिवार विस्थापित बनेका छन् । कन्काई नदिले होकलबारी बस्तीमा जोखिम बढेको छ भने विरीङ्ग खोलाले झापाका ३ वटा वडाका सयौ घर जोखिममा परेका छन् । कन्काई नदिको बाढीले गौरीगंज गाउँपालिका वडा नं. १ देवीगाडा पूर्व क्षेत्रबाट बाँध फुटाएर नदि बस्ती तर्फ पसेको छ । जसले गर्दा होकबारी देखि सतासीधाम जाने सडकको सम्बन्ध नै विच्छेद बनेको छ । बस्ती जोखिममा परेकाले तत्काल अस्थायी रोकथामका लागि आफूहरु लागेको जनताको तटबन्ध कार्याक्रमका प्रमुख रुपनारायण अधिकारीले बताउनु भयो ।

यस्तै यता विरीङ खोलामा आएको बाढीले झापा गाउँपालिका वडा नं. ६ चन्द्रबस्तीको बाँध फुटाउने खतरा बढेको छ । बाँध फुटयो भने ३ वटा वडाका सयौं घर विस्थापित हुने भन्दै तत्काल नेपाली सेना, शसस्त्र प्रहरी र स्थानीय सहितको टोलीले बाँध जोगाउने कार्य थालेको जोखिम क्षेत्र निरीक्षणमा पुग्नु भएका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताउनु भयो ।

बर्षातको अन्त्य होला भन्ने आशा गरेका समयमा आएको बाढीले धमाधम दक्षिणी क्षेत्रमा बाँध फुटाउन थाले पछि बस्तीहरु जोखिममा पर्न थालेका छन् । यस्तै बाढीका कारण सयौं विगाह क्षेत्रका लगाएको धानबाली कटान तथा डुबानमा परेको स्थानीयले बताएका छन् । झापामा यस बर्ष बाढीका कारण मानवीय क्षती भने भएको छैन । तर पछिल्लो समय आएको बाढीले बाँध फुटाउन थाले पछि बस्तीमा जोखिममा सँगै किसानले लगाएको ठूलो क्षेत्रको अन्नबाली नष्ट भएको उनीहरुले बताएका छन् ।

भिडियाे हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपाल संक्रमण संख्या घट्दाेः आज ९९४ संक्रमित
Next post नेपालमा आज ८३८ संक्रमित,१४२३ निकाेः १३ जनाकाे मृत्यु