एउटै चिरपटले हानेर ६ जनाकाे हत्या गरेकाे खुलसाः घटनाकाे वृतान्त दर्दानक पीडा (भिडियाे सहित)

२७ भदाै २०७८, सारासन्देश समाचार– जव तेजबहादुर घरबाट निस्किन लागे लोकबहादुरले तेजबहादुरलाई आक्रमण गर्ने सोच बनाए । अनि घर नजिकै रहेको दाउराको चाङबाट एउटा चिर्पट निकाले, अनि तेजबहादुर अगाडि बढेपछि उनी खोल्सीमा पुगेर तेजबहादुरमाथि आक्रमण गरे । गाेगनीकाे रूखमा पुुग्दा आक्रमण भएकाे पाइएकाे छ । घटनाबारे पत्रकार सम्मेलनमा प्रदेश नंं. एक का प्रहरी प्रमुख डिअाजी अरूण कुमार वीसीले बताउनु भयाे ।

आक्रमण गरे लगतै तेजबहादुरले लोकेले मा–यो, भनेर कराएकाेले तेजबहादुरकी श्रीमती कमला र बुहारी रञ्जना पनि घटनास्थलतर्फ जानेक्रममा खाेल्छामा अाएकाे देखी त्यही चिरपटले प्रहार गरी खाेल्छा देखि १० मिटर तल घचेटी मारेकाे ।  र त्याे दृष्य देख्दा वेहाेस बनेकी बुहारी रन्जनालाइ त्यही चिरपटले हानेर मारेकाे घटनाबारे जानकारी दिँदै डीअाजी बीसीले बताउनु भयाे ।

तीन जनामाथि आक्रमण गरेको दुई बालबालिकाले पनि देखे । त्यसपछि उनीहरूलाई पनि आक्रमण गर्न जाँदा बालबालिकाहरू भागे । उनीहरूलाई लखेट्दै लखेट्दै टाउकोमै चिर्पट हाने र हत्या गरियो ।

घरमा बुढी हजुरआमा कान सुन्ने र आँखा देख्ने हुनुहुन्थ्यो । गुहारको चिच्च्याहट सुनेको र आफूलाई देखेको हुनसक्ने डर लोकबहादुरलाई भयो, त्यसपछि उनले गाई वस्तुलाई दिन कुँडो (खोले) पकाइरहेकी बुढी हजुरआमालाई पनि आक्रमणगरी हत्या गरे । वरिपरि नदेखेको र कान पनि नसुन्ने कारण वृद्ध हजुरबुवा बौद्धमानलाई भने उनले केही गरेनन् । हत्यामा प्रयोग भएको चिर्पट वारदातपछि उनले अगेनोमा जलाएको पनि बयान दिएका छन् ।

प्रहरीले मृतक परिवारसँग कसैको केही ‘रिसराग’ थियो कि भनेर खोजी गर्‍यो, तर केही पनि फेला पार्न सकेन । जिल्ला नै ‘शील’ गर्दा पनि शंकास्पद मानिस भेटिएन । त्यसपछि प्रहरीले घटना भएको क्षेत्र वरिपरिलाई नै आधार बनाएर अनुसन्धान गर्न थालेको थियो। सोधपुछ गर्दा भने उनी अनकनाएर बोल्थे । यसकारण प्रहरीले उनलाई निगरानीमा राखेको थियो। प्रहरीले घर छोडेर बाहिर निस्किन उनलाई रोक लगाइएको थियो।

हत्याको खबर छिमेकीलाई लोकबहादुरले नै दिएको थियो । लोकबहादुरलाई मृतक तेजबहादुरको शव सडक छेउमा लडिरहेको देख्ने पहिलो व्यक्ति भनिएको थियो । त्यसैले रिपोर्टिङका लागि पुग्नेहरुले उनलाई खोजे । उनले पनि घटनाबारे अन्तर्वार्ता दिएका छन् । जसका क्रममा बाहिरकै मान्छे आएर हत्या गरेको आशंका गरेका छन् ।

बडाउ (तेजबहादुर) को दुश्मनी कोहीसँग थिएन । एउटा अन्तर्वार्तामा उनले भनेका छन् । गाउँघरमा त्यस्तो शंकाको मान्छे कोही छैन मेरो विचारमा । तर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले सुनचाँदी पैसा घरमै रहेछ भनेको छ नि भन्ने प्रश्नमा उनले भने, रिसइबीले नै हो कि जस्तो छ । यो घटना गम्भीर छ । डराएको जस्तो देखिने उनले अन्तर्वार्ताका क्रममा राति सुत्न पनि नसकेको बताएका छन् ।

उनी हत्या अनुसन्धानमा प्रहरी खटिएका बखत त्यतै देखिन्थे, पत्रकार तथा स्थानीयसँग घटनाबारे कुराकानी पनि गर्थे। झट्ट हेर्दा सामान्य लाग्ने उनले कसरी यतिधेरै मानिसको हत्या गर्लान् ? सुरूमा त प्रहरी नै अन्योलमा थियो । प्रहरीले मृतक परिवारसँग कसैको केही रिसराग थियो कि भनेर खोजी गर्‍यो, तर केही पनि फेला पार्न सकेन । अन्ततः लाेकबहादुर माथि केन्दित गरेर गरेकाे अनुसन्धानले हत्यारा पता लगाउन सपफल भएकाे डीआजी बीसीले बताउनु भयाे ।

घटनाबारे गरिएका केहि महत्वपूर्ण भिडियाे समेत राखेर तयार पारिएकाे पत्रकार सम्मेलनकाे भिडियाे हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ८३८ संक्रमित,१४२३ निकाेः १३ जनाकाे मृत्यु
Next post नेपालमा आज १५६२ संक्रमित,१५८९ निकाेः १९ जनाकाे मृत्यु