
पछिल्लो २४ घण्टामा १ हजार ५ सय ६२ जनामा कोरोना संक्रमण देखिएको छ । १० हजार २६६ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १८० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, ४ हजार १७७ एन्टिजेन परीक्षण गर्दा ३८२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । दुवै विधीबाट गरिएकाे परिक्षणबाट संख्यामा संक्रमण देखा परेकाे हाे ।
२४ घण्टामा १ हजार ५ सय ८९ जना संक्रमणमुक्त भएका छन् । यस्तै १९ जना संक्रमितको मृत्यु भएको छ । याेसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९८४ पुगेको छ । पछिल्लाे समय देशभर सक्रिय संक्रमितको संख्या २६ हजार २ सय २ छ ।
हालसम्म नेपालमा कोरोनाबाट ७ लाख ७९ हजार ४ सय ९२ जनामा संक्रमण भएको छ भने ७ लाख ४२ हजार ३०६ जना निको भएका छन् ।
