किसानमा खुशीको खबर झापाली किसानले थाले स्वदेशमै हाइव्रिड धानको विउ उत्पादन

नमूना एकिकृतले थाल्याे व्यवसायिक हाइव्रिड धानकाे वीउ उत्पादन

५ असोज २०७८/डिकेश लामा

झापाको गौरादह नगरपालिका वडा नं. ५ मा ८ बर्ष देखि संचालित नमूना एकिकृत खेतीले यस बर्ष व्यवसायिकरुमा हाइव्रिड धानको विउ उत्पादन थालेको छ । सँधै विदेशको भर पर्नु पर्ने हाइव्रिड विउ यस बर्ष अन्य किसानले समेत परिक्षण खेती गर्न थालेकाले विस्तारै उत्पादन बढ्ने उनीहरुले बताएका छन् । देशभर एक सय पर्यटन गन्तव्य मध्ये कृषि पर्यटनको रुपमा छनौट भएको नमूना खेतीले हाइव्रिड धानको विऊ उत्पादनलाई जोड दिएको छ । धानबाली अनुसन्धान केन्द्रको सहयोगमा पटक पटक गरेको परिक्षण र प्रयासका बावजुद यस बर्ष व्यवसायिकरुपमा खेती थालेको नमूना एकिकृत खेतीका अध्यक्ष वेदनीधि चापागाईंले बताउनु भयो । उहाँले नेपालमा समूदाय स्तरमा  व्यवसायिकरूपमा नमूना एकिकृत खेतीले पहिलाे पटक हाइव्रिड धानकाे वीउ उत्पादन थालेकाे बताउनु भयाे ।

हाइव्रिड विऊ उत्पादनका लागि खेती गर्दा १० दिन अघि पछि गरेर एक लाईन भाले विऊ रोपिन्छ । यस्तै भाले विऊ भन्दा तेव्वर क्षेत्रमा पोथी विऊ रोपिन्छ । त्यसो गर्दा मात्र पोथीको परागसेचनको समय मिल्ने भएर हाइव्रिड विऊ उत्पादन हुने खेतीमा खटिनु भएका कृषि प्राविधिक अशोक बाँसकोटाले बताउनु भयो । यस्तै यस बर्ष प्रधानमन्त्री कृषि आधुनिकीकण परियोजना कार्यान्वयन इकाइ धान सुपरजोनले पनि कृषि समूह तथा सहकारीमा १० हेक्टर क्षेत्रमा परिक्षणका लागि हाइव्रिड धानको विऊ उत्पादन खेती गरेको छ । अन्य धान भन्दा धेरै फल्ने हाइव्रिड धानको खेतीले किसानमा थप आकार्षण बढ्ने उदेश्यले अनुदानमा धान खेती गराइएको धान सुपरजोन कार्यन्वयन इकाइका प्रमुख रविन्द्र सुवेदीले बताउनु भयो ।

नेपालमा सवैभन्दा धेरै अन्न उत्पादन हुने धान र मकैको झापा जिल्लामा हाइव्रिड विऊ उत्पादन थालिएको छ । स्वदेशमै ठूलो परिमाणमा हाइव्रिड विऊ उत्पादन गर्न सके विदेशबाट आयत हुने विऊलाई प्रतिस्थापन गर्न सकिने किसानको भनाइ छ ।

भिडियाे हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज१३३० संक्रमित, १८३० निकाेः ५ जनाकाे मृत्यु
Next post घरमै पहिरोले पुरिएर एकै परिवारका ३ जनाको मृत्यु