घरमै पहिरोले पुरिएर एकै परिवारका ३ जनाको मृत्यु


६ अशोज २०७८/सारासन्देश समाचार
अशोजको पहिलो साता आएको अविरल बर्षाका कारण गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडा नं. ८ मा पहिरोले पुरिएर ३ जनाको मृत्यु भएको छ । घर सुतिरहेको अवस्था पूर्व तर्फबाट बगेर आएको पहिरोले एकै घरको ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक गोपाल चन्द्र भट्टराईले बताउनु भयो ।
भट्टराईका अनुसार मृत्यु हुनेमा २१ बर्षीया भावना परिवार र १४ बर्षीय जुम्याह गंगा र जमुना परिवार रहेका छन् । यस्तै गए राती परेको अविरल बर्षाले जिल्लाका केही स्थानमा सडक समेत अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post किसानमा खुशीको खबर झापाली किसानले थाले स्वदेशमै हाइव्रिड धानको विउ उत्पादन
Next post दमकका स्काउटले मनाए अन्तर्राष्ट्रिय शान्ति दिवस