जोखिममा सुकुम्बासी बस्ती, घर माथिको विधुतको तार हटाउन माग (भिडियाे सहित)

तार सर्ट भयाे भने बस्ती नै खरानी हुने त्रास

८ अशोज २०७८/डिकेश लामा

झापाको गौरादह नगरपालिका वडा नं. २ को दलहु बस्तीका २ दर्जन धेरै घरहरु जोखिममा रहेका छन् । बाटोमा रहेको विधुत लाइन घर माथिबाट विस्तार गरेसँगै सुकुम्बासी बस्ती जोखिममा परेको स्थानीयले बताएका छन् ।

यो बस्ती गौरादह नगरपालिका वडा नं. २ को दहलु बस्ती हो । ४० बर्ष देखि बसोबास गर्दै आएको यो बस्तीलाई उचित व्यवस्थापन नगरी विधुतको तार घर माथिबाट विस्तार गर्दा जोखिम बढेको स्थानीय अगुवा झगेन्द्र खड्काले बताउनु भयो ।

घरको छानो नजिकै तार भएकाले हावा आउँदा यस अघि आगो समेत लागेको थियो । तर स्थानीयको प्रयासले आगो नियन्त्रण गरियो । बस्तीमा रहेका २५ घर परिवारको अन्त जाने ठाउँ पनि छैन । हावाहुरी आउँदा विधुत सर्ट भएर सिंगो गाउँ नै सखाप होला भन्ने त्रासले सताउने गरेको स्थानीयले बताएका छन् । पटक पटक विधुतको तार बस्ती माथिबाट हटाउन भने पनि कसैले चासो नदिएको स्थानीयको दुखेसो छ । विधुत प्राधिकरणलाई घर माथिको तारको व्यवस्थापन गर्न आफूहरुले अनुरोध गरे पनि प्राधिकरण समयमा काम नगरेको गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार शाहले बताउनु भयो ।यस्तो समस्या जिल्लाका अन्य भागमा पछि रहेका छन् । जिल्लामा पछिल्लो समय सुकुम्बासीको अव्यस्थित बसोबास समस्याको रुपमा देखिएको छ । बर्षौं देखि ऐलानी जग्गामा बसोवास गर्दै आएका सुकुम्बासीको समस्या र उचित व्यवस्थापनमा सरकारले चासो दिनु पर्ने उनीहरुले बताएका छन् ।

कृपया भिडियाे हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज १४७६ संक्रमित, १५५० निकाेः ९ जनाकाे मृत्यु
Next post अस्पतालमा तोडफोड