२४ घण्टामा २९३४ जना संक्रमण मुक्त ११९७ संक्रमित थपिए

१ मंसीर २०७७, काठमाडौं– नेपालमा गत २४ घण्टामा २ हजार ९ सय ३४ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । यसैगरी आज थप १ हजार १ सय ९७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । तिहारको भाइटीकाका कारण गत २४ घण्टामा परीक्षण कम हुँदा संक्रमित संख्या पनि घटेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ४ हजार ८ सय ३२ जनाको पीसीआर परीक्षण गरिएकाे छ ।

अहिलेसम्म संक्रमणमुक्त हुने १ लाख ७६ हजार ३ सय ६४ जना छन् । नेपालमा निको हुने दर ८३ दशमलव ६ प्रतिशत रहेको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या ३३३७९ रहेको छ ।

कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १२३० रहेको छ । संक्रमितमध्ये ०.६ प्रतिशतको ज्यान गएको छ ।

गत २४ घण्टामा काठमाडौं उपत्यकामा ५०१ जना संक्रमित भएका छन् । तीमध्ये काठमाडौंमा ३७३, भक्तपुरमा ४४ र ललितपुरमा ८४ जना संक्रमित थपिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post आज २७९८ जनाले जिते काेराेना, १४४७ जना थपिए संक्रमित
Next post परिक्षण घटेसँगै संक्रमित घटे, निकाे हुने दिनहुँ बढ्दै