आज २७९८ जनाले जिते काेराेना, १४४७ जना थपिए संक्रमित

३० कार्तिक २०७७, काठमाडौं– नेपालमा गत २४ घण्टामा २ हजार ७ सय ९८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । आज थप १४७७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ६४७६ जनाको पीसीआर परीक्षणमा १ हजार ४ सय ७७ जनामा संक्रमण पुष्टि भएको हो ।

अहिलेसम्म संक्रमणमुक्त हुने १ लाख ७३ हजार ४ सय ३० जना छन् । नेपालमा निको हुने दर ८२ दशमलव ७ प्रतिशत रहेको छ । याे प्रतिशत पछिल्लाे समय बढ्दै गएकाे हाे ।

नेपालमा सक्रिय संक्रमितको संख्या ३५१२५ रहेको छ । नेपालमा आजसम्म १६ लाख ९ हजार ७९ जनाको पीसीआर परीक्षण भएको छ भने पोजिटिभ केस २ लाख ९ हजार ७ सय ७६ जनामा भेटिएको छ ।

यसैबीच कोरोना संक्रमणबाट आज थप ६ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १ हजार २ सय २१ रहेको छ । संक्रमितमध्ये ०.६ प्रतिशतको ज्यान गएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post आज २५०३ जनाले जिते काेराेना, १९४६ संक्रमित थपिए
Next post २४ घण्टामा २९३४ जना संक्रमण मुक्त ११९७ संक्रमित थपिए