
१२ असाेज २०७८,काठमाडौं– गत २४ घण्टामा नेपालमा कोभिड १९ बाट १ हजार १ सय ५७ नयाँ संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १४ हजार ५ सय ४१ जनाको नमूना परीक्षण गराउँदा १ हजार १ सय ५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १ हजार १ सय १३ जना डिस्चार्ज भएका छन् । यस्तै पछिल्लाे २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । याेसँगै नेपालमा ११ हजार १ सय २३ जनाकाे मृत्यु भएकाे छ । नेपालमा सक्रिय संक्रमितको संख्या १६ हजार १ सय ९३ जना रहेको छ ।
