नेपालमा पछिल्लाे २४ घण्टामा ११५७ संक्रमित, १११३ निकाेः ८ जनाकाे मृत्यु

१२ असाेज २०७८,काठमाडौं– गत २४ घण्टामा नेपालमा कोभिड १९ बाट १ हजार १ सय ५७ नयाँ संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १४ हजार ५ सय ४१ जनाको नमूना परीक्षण गराउँदा १ हजार १ सय ५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार १ सय १३ जना डिस्चार्ज भएका छन् । यस्तै पछिल्लाे २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । याेसँगै नेपालमा ११ हजार १ सय २३ जनाकाे मृत्यु भएकाे छ । नेपालमा सक्रिय संक्रमितको संख्या १६ हजार १ सय ९३ जना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post अर्गानिक खेतीको अभ्यासमा विधार्थी (भिडियाे सहित)
Next post स्वदेश फिर्तीकाे माग गर्दै प्रमकाे ध्यानाकर्षण