स्वदेश फिर्तीकाे माग गर्दै प्रमकाे ध्यानाकर्षण


१३ असोज २०७८/डिकेश लामा
३ दशक देखि बसोवास गर्दै आएका नेपाली भाषी भूटानीहरु मध्ये बाँकी रहेका केही शरणार्थीले स्वदेश फिर्ती गराउन नेपाल सरकारको ध्यानाकार्षण गरेको छ । स्वतन्त्र जनमंच भूटानले प्रधानमन्त्रीको कार्यालयमा इमेल मार्फत पत्र पठाएर प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गरेको मंचका महासचीव धनविर सुब्बाले बताउनु भएको छ ।
मंचका अनुसार तेस्रो मुलुक पूनर्वास भएका १ लाख १३ हजार ५ सय शिविरबाट विश्वका ८ वटा मुलुकमा गएर पनि अझै शरणार्थी शिविरमा ६ हजार ५ सय हाराहारीमा भूटानी शरणार्थीहरु रहेका छन् । ती मध्ये धेरै जसो शरणार्थीहरु स्वदेशै फर्कने आशामा बसेको ३० बर्ष भएकाले तत्काल भूटानसँग बार्ता गरी स–सम्मान स्वदेश फर्कने वातावरण सृजना गर्न माग गरिएको छ ।
माग पत्र प्रधानमन्त्रीको कार्यालय बाहेक पराराष्ट्र मन्त्रालय, यूएनएचसीआरको काठमाण्डौं कार्याल, मानव अधिकारी मंच लगायत मुख्य राजनैतिक दलका अध्यक्षलाई समेत बोधार्थ दिइएको मंचले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा पछिल्लाे २४ घण्टामा ११५७ संक्रमित, १११३ निकाेः ८ जनाकाे मृत्यु
Next post जंगली हात्तीले लियो महिलाको ज्यान