नेपालमा आज ६७९ संक्रमित, १४०५ निकाेः ७ जनाकाे मृत्यु

१७ असाेज २०७८,काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा ६ सय ७९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर गरिएको ७ हजार ७० पीसीआर परीक्षणमा आइतबार थप ५ सय ७४ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै एन्टिजेन विधिद्वारा गरिएको ३ हजार ८ सय ५० परीक्षणबाट १ सय ५ जनामा पोजिटिभ देखिएको छ । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख ९७ हजार १९२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ६९ हजार २२४ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १६४ पुगेको छ । हालसम्म देशभर ४२ लाख २८ हजार १ सय ६३ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा २ सय ५२ जना रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या १६ हजार ८ सय ४ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post अवको पत्रकारिता अधिकारबाट बन्चित समूदाय तथा विषयमा केन्द्रित हुुनु पर्नेमा जोड
Next post बर्षौंको सास्ती हटाउने योजनाः अव रतुवा खोलाको पुलमा स्थायी तटबन्धन गरिने