बर्षौंको सास्ती हटाउने योजनाः अव रतुवा खोलाको पुलमा स्थायी तटबन्धन गरिने

१७ असोज २०७८/डिकेश लामा

पुल बनेको १० बर्ष भईसक्दा समेत बर्खामा आवात जावात रोकिने रतुवा पुललाई स्थायीरुपमा संचालनको तयारी थालिएको छ । दैनिक सयौंको संख्यामा यात्रुहरु हिड्ने दक्षिण झापा र मोरङ्ग जोड्ने हुलाकी सडकको रतुवा पुल संचालनका लागि स्थायी तटबन्धको योजना थालिएको छ ।

हिउँदमा आनन्दसँगले पुलैबाट हिड्ने सकिने रतुवा पुल बर्षातमा सडक बगाए पछि सँधै आवात जावात बन्द हुने गर्छ । पुल बनेको १० बर्ष भईसक्दा समेत बर्षेनी बर्षामा भोग्नु पर्ने समस्या हटाउन पुल संचालनका लागि दिर्घकालीन योजना शुरु गरिएको हुलाकी सडक निर्देशनालय इटहरीका प्रमुख दिपेन्द्र पाण्डेयले बताउनु भयो । पाण्डेयका अनुसार यसै बर्ष भित्र सक्ने गरी ठेक्का प्रकृया लागिसकेको बताउनु भयो । पुलको स्पान थप्ने कि ८ स्पान भित्रै सडक संचालन गर्ने भन्ने विषयमा लामो छलफल र अध्ययन पछि रिटनिङ वाल सहित बाँध निर्माण गरी बर्षौंको समस्या समाधान गर्ने प्रयासमा लागेको उहाँले बताउनु भयो ।


पुलसँग जोडिएको सडक बगाए पछि दैनिक सयौंको संख्यामा हिड्ने मानिसलाई समस्या हुने गर्छ । पुलबाट हिड्न नसक्ने भए पछि खोलाबाट जोखिम मोलेर यात्रा गर्नु पर्ने बाध्यता रहेको स्थानीयले बताएका छन् ।

पुल संचालनको लागि झापाको गौरीगंज र मोरङ्गको रतुवामाई नगरपालिकाले बर्षेनी १० देखि २० लाखरुपयाँ खर्च गर्ने गरेका छन् । हिउँदमा बनाएको बाटो बर्षामा बगाए पछि सँधै हैरानी व्यवहोर्नु परेको गौरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले बताउनु भयो । पुलसँग जोडिएको बाटो बर्षेनी बगाउने समस्याले मोरङ्गको झुर्किया, सिजुवा, महादेवा र यता झापाको खजुरगछी, कोहवरा, कोरोबारी लगायतका बासिन्दामा सँधै समस्या पर्ने गर्छन् । यस बर्ष देखि संघीय सरकारले दिर्घकालिन तटबन्धन र रिटनिङ्ग वाल निर्माण गर्ने योजनाले सडकको सास्ती अन्त्य हुने स्थानीय आशा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ६७९ संक्रमित, १४०५ निकाेः ७ जनाकाे मृत्यु
Next post नेपालमा आज १०३० संक्रमित, १००० निकाेः १० जनाकाे मृत्यु