१८ असाेज २०७८,काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ३० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर गरिएको ५ हजार ८ सय ९३ पीसीआर परीक्षणमा आज थप ८ सय १२  जनामा संक्रमण पुष्टि भएको हो । यस्तै एन्टिजेन विधिद्वारा गरिएको ४ हजार ९ सय ८१ परीक्षणबाट २ सय १८ जनामा पोजिटिभ देखिएको छ । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख ९८ हजार ४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ७० हजार २२४ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १७४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *