
२० असाेज २०७८, काठमाडौं– नेपालमा गएकाे पछिल्लाे २४ घण्टामा १ हजार ४३ जना कोभिड संक्रमित थपिएका छन् । गत २४ घण्टामा १५ हजार ४ सय ६५ जनाको नमूना परीक्षण गर्दा १ हजार ४३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ ।
यस्तै गएकाे २४ घण्टामा ८ सय ९१ जना डिस्चार्ज भएका छन् । गएकाे २४ घण्टामा १२ जनाको मृत्यु भएको छ ।
