
२१ असाेज २०७८,काठमाडौं– नेपालमा गत २४ घण्टामा ८ सय ५ कोभिड संक्रमित थपिएका छन् । देशभर १० हजार ६ सय ७२ जनामा गरिएको पीसीआर र एण्टिजेनकाे नमूना परीक्षणमा ८ सय ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ ।
पछिल्लाे २४ घण्टामा ९ सय ११ जना संक्रमणमुक्त भएका छन् । याेसँगै नेपालमा निकाे हुकाे संख्या ७ लाख ७३ हजार १ सय ४० जना निकाे भएका छन् । यसैगी पछिल्लाे २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । याेसँगै नेपालमा मृत्यु हुनेकाे संख्या ११ हजार २ सय पुगेकाे छ ।
