
४ मंसीर २०७७, काठमाडौं– पछिल्लो २४ घण्टामा २ हजार ८ सय ५८ जना संक्रमणमुक्त भएका छन् । यसैगरी २ हजार १ सय ३ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ ।
गत २४ घण्टामा १७ जनाको कोरोनाबाट मृत्यु भएको छ । हालसम्म मृत्यु हुने १ हजार २ सय ५६ जना छन् । पछिल्लाे समय संक्रमित भन्दा निकाे हुने संख्या बढ्दै गएकाे छ ।
