खुशीकाे खबर दिनहुँ संक्रमित भन्दा निकाे हुनेकाे संख्या बढ्दैः आज २३२३ जना डिस्चार्ज

६ मंसीर २०७७, काठमाडौं- नेपालमा विगत २४ घण्टामा २ हजार ३ सय २३ जना सङक्रमणमुक्त भएका छन् ।  त्यस्तै आज १ हजार ६ सय ७४ जनामा सङ्क्रमण पुष्टि भएको छ भने  तुलनात्मक तथ्याङ्क अनुसार निको हुनेको संख्या केही बढेको देखिन्छ । कोरोनाका कारण आज ७ जनाकाे मृत्यु भएकाे छ ।  याेसँगै मृत्यु हुनेको संख्या १ हजार ३ सय ५ पुगेको छ ।

पछिल्लो २४ घण्टाम८ हजार १ सय ४४ नमूना परीक्षण गर्दा १ हजार ६ सय ७४ जना संक्रमित थपिएका हुन् । काठमाडौँ उपत्यकामा मात्रै ८९९ सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज थपिएका सङ्क्रमितसँगै कूल सङ्क्रमितको सङ्ख्या २ लाख १८ हजार ६सय ३९ पुगेको छ ।

अहिलेसम्म १ लाख ९३ हजार ३ सय २५ सङ्क्रमणमुक्त भएका छन् । हाल देशभर २४ हजार ९ सय सक्रिय सङ्क्रमित छन् । १७ हजार २ सय ६ जना होम आइसोलेसनमा छन् । तीन सय ३६ जनाको आइसीयू र ४७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

काठमाडौँ, ललितपुर, भक्तपुर,  चितवन, काभ्रे, कास्की, दाङ, रुपन्देही, कैलाली, सुनसरी, झापा र मोरङमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post खुशीकाे खबर एकै दिन ५ हजार ३ सय ६४ जना डिस्चार्ज
Next post दमकका भण्डारीले श्रीमतिको गरे हत्या