३१ असाेज २०७८,काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ९१ कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ६ हजार ९ सय ६६ पीसीआर परीक्षणमा ३ सय ८५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जानकारी दिएको छ । यस्तै १ हजार १ सय ११ एन्टिजेन परीक्षणमा ६ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा पीसीआर परीक्षणबाट कोरोना संक्रमित पुष्टि हुनेको संख्या ८ लाख ५ हजार ३७ पुगेको छ । २४ घण्टामा थप ६ सय ८० जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ७१ हजार ४ सय ५६ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २ सय ८४ पुगेको छ । सक्रिय संक्रमित को संख्या १२ हजार २९७ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *