आदिबासी समूदायका महिलाहरू घरेलु भूजा वेचेर चाडपर्वको खर्च जुटाउँदै

चाडबाडमा मुल्य र उत्पादन समेत धेरै

३१ असोज २०७८/डिकेश लामा

दक्षिण झापाका आदिबासी समूदायका महिलाले पराम्परागत तवरबाट उत्पादन गर्दै आएका घरेलु भूजा विक्री गरेर चाडपर्वको खर्च जुटाउने गरेका छन् । चाडबाडको वेला अधिक विक्री हुने भए पछि यतिवेला भूजा उत्पदान र विक्री समेत बढेको उद्यमी महिलाले बताएका छन् ।

भारतीय सिमा क्षेत्र नजिकको पुरानो गौरीगञ्ज बजारमा दशंंैको हटियामा यो घरेलु विधिबाट तयार गरिएको भूजा विक्रीका लागि राखिएको दृष्य हो । अन्य वेला भन्दा धेरै विक्री हुने भए पछि दक्षिण सिमावर्ती क्षेत्रका आदिवासी समूदायका महिलाहरुले भूजा बनाएर दशैं खर्च निकाल्ने गरेको गौरीगंज गाउँपालिका वडा नं. ५ डाँगीटोलाकी जसमती गन्गाईंले बताउनु भयो । चाडबाडको वेला अन्य समय भन्दा मुल्य समेत राम्रो पाउने भएकाले महिलाहरुले यस वेला धेरै भूजा उत्पादन गर्ने गरेका छन् । अन्य समय ८० रुपयाँमा विक्री हुने घरेलु भूजाले पर्वको वेला ९० देखि १ सय रुपयाँमा विक्री हुने गरेको उनीहरुले बताएका छन् । चाडबाडमा धेरै भूजाको माग हुने भए पछि उत्पादन पनि धेरै हुने गरेको भूजा उत्पादन गर्दै आउनु भएका महिलाले बताएका छन् ।


आधा मन धानको १० केजी भूजा बनिन्छ । ४ देखि ५ घण्टा समय खर्च गरेर बनाइएको भूजा विक्री गर्दा ५ देखि ६ सयरुपयाँसम्म आम्दानी हुने भूजा व्यापार गर्ने व्यवसायीले बताएका छन् । पूर्खादेखि नै गर्दै आइएका यस्ता घरेलु पेशा मेशिनका कारण पछिल्लो समय लोप हुँदै गएको छ । सरकारले यस्ता पिछाडिएका समूदायको पेशा संरक्षण र विकासमा विशेष चासो दिनु पर्ने समूदायका अगुवाहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ३९१ संक्रमित, ६८० निकाेः ६ जनाकाे मृत्यु
Next post नेपालमा आज ५९१ संक्रमित, ९३७ निकाेः९ जनाकाे मृत्यु