बाढी र पहिराेका कारण प्रदेश एकमा मृत्यु हुनेकाे संख्या ५२ पुग्याे

३ कात्तिक २०७८, सारासन्देश खबर – प्रदेश-१ मा बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।

३ दिनदेखि अविरल परेको वर्षासँगै आएको बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या ५५२ पुगेको हो । यो संख्या थप बढ्न सक्ने प्रदेश-१ का प्रहरी प्रवक्ता तथा प्रहरी उपरिक्षक नविन राज राइले जानकारी दिनु भयाे । राइका अनुसार सवैभन्दा धेरै पाँचथरमा २४ जना, इलाममा १३, धनकुटा ६, सुनसरी ५ तथा भाेजपुर र माेरङमा १–१ गरी ५२ जनाकाे मृत्यु भएकाे हाे ।  यस्तै प्रदेश एककाे सुनसरीमा मात्र अझै ७ जना वेपता रहेकाे बताइएकाे छ । अझै पनि सञ्चार सम्पर्क बिच्छेद हुँदा पहाडि जिल्लाहरुबाट पूर्ण विवरण आउन बाँकी रहेको उनको भनाइ छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापा बाढीले सयौं परिवार विचल्नीमाः उचित व्यवस्थापन गर्न पीडितको माग (फाेटाे फिचर र भिडियाे सहित)
Next post नेपालमा आज ५४५ संक्रमित, ७२६ निकाेः ८ जनाकाे मृत्यु