नेपालमा आज ५४५ संक्रमित, ७२६ निकाेः ८ जनाकाे मृत्यु

४ कार्तिक २०७८,काठमाडौं– २४ घण्टामा ५ सय ४५ जना कोभिड- १९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता कृष्णप्रसाद पौडेलले दिएको जानकारी अनुसार ८ हजार ५ सय ४९ जनाको नमूना परीक्षण गर्दा ५ सय ४५ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा ७ सय २६ जना डिस्चार्ज भएका छन् । यस्तै पछिल्लाे २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ११ हजार ३ सय २६ जना पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post बाढी र पहिराेका कारण प्रदेश एकमा मृत्यु हुनेकाे संख्या ५२ पुग्याे
Next post बाढी र पहिराेका कारण ज्यान गुमाउनेकाे संख्या एक सय नाघ्याे, क्षतिकाे विवरण संकलन जारी