५० परिवार असाहयले खुशी हुँदै दातालाइ दिए धन्यवाद
१३ कार्तिक २०७८
समस्यामा परेका भूटानी शरणार्थीलाई अमेरिका पूनर्वास भएका भूटानीले चाडपर्वलाई लक्षित गरी चामल वितरण गरेका छन् । शरणार्थीलाई रेखदेख गर्दै आएको दातृ निकायले राहत कटौती गरे पछि अति जोखिममा रहेका असाहय ५० घर परिवारलाई पूर्ण बहादुर तिवारी र खालेश्वरी तिवारीले आफ्ना पितृको नाममा २५ केजीका दरले १ वोरा चामल र नुन एक कार्याक्रमबीच आज वितरण गरिएको छ ।

पितृहरु अगम प्रसाद र विष्णुमाया तिवारी तथा कुविरसिंह र गंगामाया विष्टको नाममा असाहय परिवारलाई तिहारमा सहयोग पुग्ने अपेक्षामा चामल वितरण गरिएको शरणार्थी शिविरमा रहनु भएका आफन्त कुलबहादुर विष्टले जानकारी दिनु भयो । यस्तो कार्यले समाजमा ठूलो टेवा पुग्ने कार्याक्रममा सहभागीहरुले बताएका छन् ।

भूटानी शरणार्थी शिविर वेलडाँगीका सहायक शिविर सचीव टेकबहादुर राईको प्रमुख आथित्यमा भएको कार्याक्रममा उहाँले यस्तो सहयोगले असाहय भूटानीलाई ठूलो टेवा पुग्ने बताउनु भएको छ । चामाल पाएका असाहय शरणार्थीले दाता परिवारलाई धन्यवाद दिँदै फेरि फेरि सहयोग गर्न आग्रह गरेका छन् । यस अघि यसै परिवारका आफन्त सिदबहादुर विष्टले पथरी र वेलडाँगी गरी एक सय घर परिवारलाई दशैंमा चामाल वितरण गर्नु भएको थियो । असाहय शरणार्थी परिवारलाई तिवारी र विष्ट परिवारले गरेको सहयोग उदाहरणीय र प्रशंसनीय भएको सामाजिक अगुवाहरुले बताएका छन् ।
