प्रकाश पराजुली र मिना बुढाथोकीलाइ दोहोरी च्याम्पियन उपाधी

१३ कार्तिक २०७८,पोखरा– नेपालको पहिलो दोहोरी च्याम्पियनको उपाधि प्रकाश पराजुली र मिना बुढाथोकीले हात पार्नुु भएकाे छ ।

पोखरामा शनिबार साँझ भएको ग्रान्ड फिनालेमा पराजुली र बुढाथोकी समूहले जितेको हो । पोखरास्थित बाराहीघाटमा हजारौं दर्शकबीच भएको कार्यक्रममा विजेता समूहले नगद २० लाख रुपैयाँ साथमा १ करोड रुपैयाँ बराबरको जीवन बिमा पुरस्कार पाएको छ ।

यसैगरी शोभा कार्की र बालचन्द्र बरालको समूह दोस्रो भएको छ । उपविजेता समूहले नगद १० लाख रुपैयाँ तथा ५० लाख रुपैयाँ बराबरको जीवन बिमा पुरस्कार पाएको छ ।

विजेता, उपविजेतालाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पुरस्कार प्रदान गर्नु भएकाे छ। कि एड्भटाइजिङ प्रालिको प्रायोजनमा नेपाल टेलिभिजनले नेपालको पहिलो दोहोरी च्याम्पियन रियालिटी शो सञ्चालन गरेको हो ।

कार्यक्रममा नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान वल तामाङले ‘दोहोरी च्याम्पियन– २’ सञ्चालन गर्ने घोषणा गर्नुभयो । यस्तै तृतीय र सान्तवनाले ३ र २ लाखकाे पुरस्कार प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post असाहय शरणार्थीलाई तेस्रो मुलुक पुगेका भूटानीबाट चामाल वितरण (भिडियाे सहित)
Next post नेपालमा आज ४०८ संक्रमित, ५१८ निकाेः ८ जनाकाे मृत्यु