
१५ कार्तिक २०७८, काठमाडौं- नेपालमा २४ घण्टामा ५ सय ३३ कोरोना भाइरस संक्रमित थपिएका छन् । देशभर ११ हजार ६ सय ६४ जनामा गरिएको नमूना परीक्षणमा ५ सय ३३ संक्रमित थपिएका हुन् । २४ घण्टामा ४ सय ९० जना डिस्चार्ज भएका छन् । यसैगरी ९ जनाको मृत्यु भएको छ । याेसँगै मृत्यु हुनेकाे संख्या ११ हजार ४ सय १६ पुगेकाे छ ।
