राजेन्द्र राई मुख्य मन्त्रीमा नियुक्तः ६ सदस्यीय मन्त्री परिषद गठन

१६ कार्तिक २०७८,विराटनगर– प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्रकुमार राई नियुक्त हुनुभएको छ । ५० सांसदको हस्ताक्षरसहित पाँच दलका बहुमत सांसदको समर्थनबाट नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राईलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । राईले प्रदेशको तेस्रो मुख्यमन्त्री हुने अवसर पाउनुभएको छ । राईलाई मुख्यमन्त्री बनाउन नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १४, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक जना गरी ४९ सांसदले हस्ताक्षर गरेका छन् ।

भीम आचार्यले सोमबार पदबाट राजीनामा दिएपछि गठबन्धनका तर्फबाट राई मुख्यमन्त्री हुनुभएको हो । नवनियुक्त मुख्यमन्त्री राईले आजै शपथ लिँदै हुनुहुन्छ । राईले अाजै ६ सदस्यीय मन्त्रिपरिषद् गठन गठन गर्नु भएको छ ।

मन्त्रीहरूमा आर्थिक मामिला तथा योजना मन्त्रीमा इन्द्रबहादुर आङ्बो, भौतिक पूर्वाधार विकास मन्त्रीमा हिमाल कार्की, आन्तरिक मामिला तथा कानुन मन्त्रीमा केदार कार्की, सामाजिक विकास मन्त्रीमा जयराम यादव र सामाजिक विकास राज्यमन्त्रीमा विष्णु तुम्बाहाम्फेलाई नियुक्त गर्नुभएको छ ।

आङ्बो माओवादी केन्द्र, कार्कीद्वय नेपाली कांग्रेस, यादव जसपा र तुम्बाहाम्फे संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मन्त्री हुनुभएको हो । आङ्बो शेरधन राईको सरकारमा पनि आर्थिक मामिला तथा योजना मन्त्री हुनुहुन्थयो । मुख्य मन्त्री राई संघीयता यता तेस्राे पटक मुख्य मन्त्री बन्नु भएकाे हाे । यस अघि पहिलाे पटक शेरधन राई र दाेस्राे पटक भीम अाचार्य मुख्य मन्त्री रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ४६९ संक्रमित, ५५५ निकाेः ११ जनाकाे मृत्यु
Next post विस्थापितहरुको विजोगः बाढीले बस्ती बगाए पछि बसाेबासमा समस्या (फाेटाे फिचर सहित)