विस्थापितहरुको विजोगः बाढीले बस्ती बगाए पछि बसाेबासमा समस्या (फाेटाे फिचर सहित)

१६ कार्तिक २०७८/डिकेश लामा

वेमौषमी पानीका कारण आएको बाढीले झापाको विभिन्न बस्तीमा घर भत्काए पछि दर्जनौं परिवार समस्यामा परेका छन् । घर नभएकाहरु नदिको किनारामा अस्थायी पाल टाँगेर खुल्ला आकाशमुनी रात विताउँदै आएका छन् । झापाको टप्पु बस्तीमा सरकारले बनाएका केही घर सहित २१ परिवार कन्काइको बाढीले विचल्नीमा परेका छन् । धान खेत सहित बस्ती क्षेत्र उराठ लाग्दो बगरमा परिणत भए पछि सिंगो टप्पु बस्तीका बासिन्दाहरु कहाँ जाने भन्ने चिन्तामा छन् ।

बस्तीका कतिपय परिवार स्थानीय रामजानकी विधालयमा शरण लिएर बसेका छन् । कतिपयको बाढीले घर नै भत्काएकाले अव कहाँ जाने भन्ने समस्या रहेको बस्तीका अगुवा बुदराय हेमरम सन्थालले बताउनु भयो । हेमरमका अनुसार बस्तीका अधिकाशं परिवार विजाेगमा रहेकाे बताउनु भयाे । केही परिवार विधालयमा बस्दै अाएकाे भए पनि विधालय समेत लाग्न थाले पछि कन्काइ नदिकाे बाँध क्षेत्रमा टहरा लगाएर बस्नु पर्ने अवस्था अाएकाे छ ।

अस्थायी बास बसेको विधालय समेत लाग्न थालेकाले चाँडै खाली गर्नु पर्ने अवस्था आएको छ । कतिपयले अस्थायी टहरा र पाल टाँगेर नदिको जोखिम क्षेत्रमा बसोवास गर्न थालेका छन् । आकास्मिक विपतीका कारण ठूलो क्षति व्यवहोर्नु परेकाले त्यसको उचित व्यवस्थानमा केन्द्रिय सरकारले समेत पहल गर्नु पर्ने गौरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले बताउनु भयो ।

झापा जिल्लामा पछिल्लो वेमौषमी बर्षात र बाढीका कारण ३ सय ६१ घर परिवार विस्थापित भएका छन् । विस्थापित मध्ये धेरै जसो आफ्नो घर फर्किन थाले पनि घरै भत्किएका परिवारहरु भने विचल्नीमा परेकाले उचित वसोवासको व्यवस्था गर्न उनीहरुले माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post राजेन्द्र राई मुख्य मन्त्रीमा नियुक्तः ६ सदस्यीय मन्त्री परिषद गठन
Next post नेपालमा आज ४४७ संक्रमित, ४३९ निकाेः ७ जनाकाे मृत्यु