
१६ कार्तिक २०७८, काठमाडौं- नेपालमा २४ घण्टामा ४ सय ४७ कोरोना भाइरस संक्रमित थपिएका छन् । देशभर ९ हजार ९ सय १३ जनामा गरिएको नमूना परीक्षणमा ४ सय ४७ संक्रमित थपिएका हुन् । २४ घण्टामा ४ सय ३९ जना डिस्चार्ज भएका छन् । यसैगरी ७ जनाको मृत्यु भएको छ । याेसँगै मृत्यु हुनेकाे संख्या ११ हजार ४ सय ३४ पुगेकाे छ ।
